एजेन्सी, मुम्बई, भदौ १०
भरतीय टेलिभिजनमा दशर्कको ठूलो घनत्व भएको टेलिभिजन सो ‘बिग बोस’ को नयाँ ‘सिजन’ लागि पनि सलमानले चलाउने बताइन्छ। स्रोतका अनुसार उनले तीन महिना कार्यक्रम चलाएवापत दश करोड लिनेछन् । छैठौं पटक बिग बोस चलाउन लागेका सलमानले विगतका अध्यायबाट ६ करोडसम्म लिएको बताइन्छ ।
गत साल बीचमै सलमानले कार्यक्रम छोडेपछि कार्यक्रमको साख पनि गिरेको थियो । त्यसैले यस वर्ष सलमानले माग गरेअनुसार पारिश्रमिक दिएर कार्यक्रम सुरु गर्न लागिएको जनाइएको छ । यस अध्यायका लागि रणवीर सिंह र अक्षय कुमारसँग पनि कुरा भएको तर, सलमानको लोकप्रियताले कार्यक्रमलाई बढी फाइदा दिने भएकाले सलमान नै रोजिएको स्रोतले बताउँछ ।

